इमरान खानले गरे इस्लामावादमा विशाल र्‍याली आयोजना



एजेन्सी । पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानले सरकारसँग आगामी ६ दिनभित्र निर्वाचन मिति घोषणा गर्न माग गरेका छन् । सरकारले माग पुरा नगरे खानले आमरण अनशन बस्ने धम्की दिएका छन् । बिहीबार देशको राजधानी इस्लामावादमा खानका लाखौं कार्यकर्ता सहभागी र्याली निस्किएको थियो । माग पुरा नभएर राजधानीमा फेरि पनि आफ्ना समर्थकको र्‍याली निस्कने खानले भने ।

लाखौं समर्थकहरुलाई सम्बोधन गर्दै खानले भने, ‘सरकारले संसद भंग गरेर निर्वाचन घोषणा नगरेसम्म म यहीँ बस्नेछु । तर गत २४ घण्टाभित्रका तिनका क्रियाकलाप हेर्दा सरकारले मुलुकलाई अराजकतातर्फ धकेलिरहेको देखिन्छ ।’

पाकिस्तानी क्रिकेट टिमका स्टार कप्तान खान खेल जीवनपछि राजनीतिमा प्रवेश गरेका थिए । उनको साढे तीन वर्षको प्रधानमन्त्रीत्व संसदमा अविश्वासको प्रस्तावबाट गत महिना अन्त्य भएको थियो । त्यसयता उनले आफूलाई विदेशी शक्तिले सत्ताबाट हटाएको भन्दै आएका छन् भने देशभर विरोध र्याली आयोजना गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्