काठमाडौंको मतगणना सम्पन्न : आधिकारिक घोषणा केहीबेरमा



काठमाडौं । काठमाडौं महानगरपालिकाको मतगणना सम्पन्न भएको छ।

वैशाख ३१ गते दिउँसोबाट राष्ट्रिय सभागृहमा सुरु भएको मतगणना १३औं दिनमा बिहीबार राति सकिएको हो । मतगणना सकेर सभागृहबाट निर्वाचन अधिकृत बाहिरिएका छन् ।

पछिल्लो मतपरिणामअनुसार मेयरमा लौरो चिह्नबाट स्वतन्त्र उम्मेदवार बालेन्द्र साह र उपमेयरमा एमाले उम्मेदवार सुनिता डंगोल विजयी भएका छन् ।

मेयर र उपमेयरसहित ३२ वटै वडाको आधिकारिक नतिजा मुख्य निर्वाचन अधिकृतको कार्यालयले केही बेरमा घोषणा गर्ने तयारी छ ।

प्रतिक्रिया दिनुहोस्