निजगढमा विमानस्थल रोक्ने फैसला पुनरावलोकन हुनुपर्छ : पौडेल



काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल नबनाउनु भन्ने सर्वोच्च अदालतको फैसला पुनरावलोकन हुनुपर्ने बताएका छन् ।

वरिष्ठ नेता पौडेलले अदालतले कानुनमात्र हेरेर गरेका कतिपय निर्णय वास्तविकतासँग मेल नखाने भन्दै फैसला पुनरावलोकन हुनुपर्ने धारणा राखेका हुन् ।

उनले भने, ‘यो निर्णय विवकेसंगत भएन, अदालतले निर्णय सच्याउनुपर्छ । सर्वोच्चका माननीय न्यायाधीशहरु उतै गएर हेर्नुहोस् न देख्नुहुन्छ नि १’

विमानस्थल बनाउने ठाउँमा वन क्षेत्र भनिए पनि अहिले वन नरहेको भन्दै पौडेलले एयरपोर्ट बनाउन एउटा पनि रुख काट्नु नपर्ने बताए । वरिष्ठ नेता पौडेलले काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उत्तम विकल्प निजगढ विमानस्थल बाहेक अन्य हुन नसक्ने जिकिर गरे ।

प्रतिक्रिया दिनुहोस्