वीरगञ्ज महानगरले नगरवासीको विद्युत महशुल तिरीदिने



वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिकाले नगरवासीको विद्युत महशुल तिरीदिने भएको छ ।

मधेस प्रदेशको एकमात्र वीरगञ्ज महानगरपालिकाले प्रतिघर मासिक ३० युनिटसम्म विद्युत् खपत गर्ने नगरवासीको विद्युत् महसुल रकम पालिकाले व्यहोर्ने भएको हो ।

महानगरपालिकाका नवनिर्वाचित नगरप्रमुख राजेशमान सिंहले मासिक ३० युनिटसम्म विद्युत् खपत गर्ने प्रयोगकर्ताको न्यूनतम शूल्क र इनर्जी शुल्क महानगरले नै भुक्तानी गर्ने निर्णय गरेका हुन् ।

विद्युत् महसुलसम्बन्धी निर्णयलाई महानगरपालिकाको पहिलो बोर्ड बैठकबाट पारित गरी कार्यान्वयनमा ल्याउने नगरप्रमुख सिंहले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्