सरकारले तोकेको भाडा नपाएपछि ट्रक व्यवसायी आन्दोलित



काठमाडौं। सरकारले तोकेको भाडा दर नपाएपछि ट्रक व्यवसायीहरु आन्दोलित भएका छन्। सरकारले तोकेको भाडा दर कार्यान्वयनमा सरोकारवालालाई दबाब दिन जेठ २० गतेदेखि व्यवसायीहरुले ढुवानी कार्य रोक्ने निर्णय गरेका हुन्।

पश्चिमाञ्चल यातायात व्यवसायी समिति बुटवलको अगुवाइमा लुम्बिनी प्रदेशका अन्य ट्रक समितिहरु समेतको सहकार्यमा उनीहरु आन्दोलित भएका छन्। पश्चिमाञ्चल यातायात व्यवसायी समिति मातहत मात्रै २ हजार बढी ट्रक सञ्चालनमा छन्।

सरकारले जेठ २ गतेदेखि लागु गरेको भाडा भैरहवादेखि काठमाडौं र पोखराका लागि ३१ हजार ५ सय ८० रुपैयाँ रहेको छ। तर, उद्योगहरु र ट्रान्सपोर्ट व्यवसायीका कारण सरकारले तोकेको भाडा दर नपाउँदा व्यवसाय संकटमा परेपछि आन्दोलनमा उत्रिनुपरेको पश्चिमाञ्चल यातायात व्यवसायी समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्