अब हेलिकोप्टरमा पनि २ पाइलट अनिवार्य



काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले हेलिकप्टरमा समेत दुई जना पाइलट रहनु पर्ने भएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक देवचन्द्रलाल कर्णका अनुसार अब साना हेलिकप्टर सबैमा दुई पाइलट राखेर मात्र उडाउन पाइने छ । यस्तो नियम १७ असार (१ जुलाई)देखि लागू हुने गरी निर्णय भएको उनले जानकारी दिएका छन् ।

अहिले हेलिकप्टरमा एक जना पाइलट रहेर यात्रु बोक्ने गरी सञ्चालन भइरहेको छ । अब भने साना हेलिकप्टरमा समेत दुई जना पाइलट अनिवार्य राख्नु पर्ने निर्णय भएको कर्णले जानकारी दिएका छन् ।

नेपालको भौगौलिक अवस्थितिले साना जहाज र हेलिकप्टरहरुको दुर्घटना दर उच्च छ । सोहीकारण हवाई सुरक्षा अभिवृद्धि गर्न यस्तो निर्णय गरिएको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्