चिकित्सा शिक्षा आयोगको परीक्षा दिन राष्ट्रिय परिचयपत्र अनिवार्य (सूचनासहित)



काठमाडौं । चिकित्सा शिक्षा आयोगले लिने एकीकृत प्रवेश परीक्षामा सहभागी हुनका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको छ । आयोगले एक सूचना जारी गर्दै डीएम एमसीएच, स्नातकोत्तर तह र स्नातक तह सबैको प्रवेश परीक्षामा परिचयपत्र आवश्यक हुने सूचना मार्फत जनाएको छ ।

आयोगका अनुसार अब प्रवेश परीक्षामा सहभागी हुन आवेदन दिँदा आवेदनमा राष्ट्रिय परिचय–पत्र नम्बर अनिवार्य उल्लेख गर्नुपर्ने हुन्छ। बेलैमा राष्ट्रिय परिचय पत्र बनाएर राख्न आयोगले विद्यार्थीहरुलाई आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्