सिंहको बढुवाविरुद्धको रिट ३० जेठमा सुनुवाई हुने



काठमाडौं । सर्वोच्च अदालतले प्रहरीको महानिरीक्षक (आईजी) नियुक्तिविरुद्ध दायर रिटमाथि सुनुवाइका जेठ ३० गते गर्ने भएको छ ।

धीरज प्रताप सिंहलाई प्रहरी महानिरीक्षक बनाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा मंगलबारदेखि अन्तिम सुनुवाइ सुरु भएकोमा जेठ ३० गतेका लागि अर्को पेसी तोकिएको हो ।

मंगलबार सर्वोच्च अदालतका न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र कुमार चुडालको इजलासमा मुद्दाको सुनुवाइका लागि पेसी तोकिएको थियो ।

सिंहलाई वरिष्ठता मिचेर एआईजीमा बढुवा गरेको भन्दै प्रहरी नायब महानिरीक्षक ईश्वरबाबु कार्की, घनश्याम अर्याल र प्रकाशजंग कार्कीले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

त्यस्तै सिंहलाई वरिष्ठता मिचेर आईजीमा बढुवा गरेको भन्दै एआईजी विश्वराज पोखरेलले पनि रिट दायर गरेका थिए । मंगलबार न्यायाधीश श्रेष्ठ र चुडालको इजलासले यी दुबै विषयको रिटलाई सँगै राखेर सुनुवाई गर्ने आदेश दिएको हो ।

प्रतिक्रिया दिनुहोस्