राजविराजका प्रमुख यादव जनताका गुनासा समाधानतिर



सप्तरी । राजविराज नगरपालिकाका प्रमुख भीमराज यादवले जनताका गुनासा आउने बित्तिकै समाधान गर्न थालेका छन् । प्रमुख पदको शपथ र पदभार ग्रहण कार्यक्रममा उनले नगर क्षेत्रभित्र कतै केही समस्या भए तुरुन्तै फोन गर्न नगरवासीलाई आग्रह गरेका थिए ।

सोहीअनुसार प्रमुख यादवलाई हटियामा वर्षाको पानी जमेर जलमग्न हुँदा आवातजावतमा समस्या भएको भन्दै सोमबार स्थानीयवासीले फोन गरे । लगत्तै जेसिबी लिएर प्रमुख यादवले जमेको पानीलाई निकास दिएको स्थानीय रामकृष्ण साहले बताए ।

‘हटियामा जमेको पानीको निकास निकास नहुँदा पसल थाप्न समस्या थियो’, उनले भने, ‘पानीका कारण ग्राहकलाई किनमेल गर्नसमेत कठिनाई भएको थियो । पानी ढलमा खसालेपछि सबैलाई सहज भएको छ ।’

साहका अनुसार सोही अवसरमा ढलमा जमेका फोहोरमैलालाई पनि यादव नेतृत्वमा जुटेको सफाइ टोलीले निकालेर फालेका छन् ।

प्रतिक्रिया दिनुहोस्