संघीय संसद्अन्तर्गत दुवै सदनको बैठक बस्दै



काठमाडौं । संघीय संसदअन्तर्गत आज पनि दुवै सदनको बैठक बस्दैछ । प्रतिनिधि सभाको बैठक बिहान ११ बजे बस्नेछ भने राष्ट्रिय सभाको बैठक दिउँसो १ बजे बस्ने कार्यतालिका छ ।

बैठकमा जेठ १५ गते सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०७९र०८० को बजेटको बारेमा छलफल हुनेछ । बजेटमाथि मंगलबार पनि सांसदहरूले आफ्नो धारणा राखेका थिए ।

मंगलबार सांसदहरूले बोल्ने क्रम नसकिएकोले त्यसलाई आज पनि निरन्तरता दिइएको हो । सरकारले १५ जेठमा आगामी आर्थिक वर्षको लागि १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेट ल्याएको छ ।

प्रतिक्रिया दिनुहोस्