टायरमा समस्या देखिएपछि भद्रपुर उडेको बुद्धको विमान काठमाडौं फिर्ता



काठमाडौं । झापाको भद्रपुरका लागि उडेको बुद्ध एयरको विमान काठमाडौं फर्किएको छ । टायरमा समस्या देखिएपछि भद्रपुरका लागि १० बजेर ४३ मिनेटमा उडेको जहाज बीचबाट फर्किएको हो ।

फ्लाइट नम्बर–९५३ ‘ए–एनपी’ विमान ११ बजेर १० मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरिएको छ । विमानमा ६९ जना यात्रु सवार थिए । जहाज सकुशल अवतरण गरेर प्राविधिक जाँच भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्