युक्रेनलाई लामो दुरीसम्म मार हान्न सक्ने अत्याधुनिक रकेट दिन अमेरिका तयार



एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनलाई अत्याधुनिक रकेट आर्टिलरी प्रणाली दिइने बताएका छन् । युक्रेनले लामो समयदेखि यो माग गर्दै आएको थियो । न्युयोर्क टाइम्सको लेखमा जो बाइडेनले यसले युक्रेनलाई रुसको सटिक स्थानमा हमला गर्न मद्दत हुने बताएका छन् ।

यो हतियारलाई ज्क्ष्ःब्च्क् भनिन्छ र यो लामो दूरीमा आक्रमण गर्न सक्षम हुन्छ । यससँगै यसले रुसका हतियारभन्दा पनि सटिक तरिकाले हमला गर्नसक्छ ।

युक्रेनी राष्ट्रपति जेलेन्स्कीले रुसमाथि आक्रमण गर्न प्रयोग नगर्ने आश्वासन दिएकाले रकेट पठाउन सहमत भएको अमेरिकी अधिकारीहरूले बताएका छन् ।

यी रकेट ७० करोड डलरको नयाँ सैन्य सहायत प्याकेजको हिस्सा हुनेछ जसको घोषणा बुधबार हुँदै छ । आफ्नो लेखमा, बाइडेनले जोड दिएका छन् कि अमेरिकाले युक्रेनलाई आफ्नो रक्षा गर्न मद्दत गर्ने लक्ष्य राखेको छ, तर आफू रुससँग कुनै पनि प्रकारको युद्ध नचाहने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्