कैदीबन्दीका लागि फुटबल कार्यक्रम



काठमाडौं । केन्द्रीय कारागारभित्र रहेका कैदीबन्दीको पुनर्स्थापनाका लागि फुटबलसम्बन्धी कार्यक्रम आयोजना हुने भएको छ।

अखिल नेपाल फुटबल संघ (एन्फा) र एसियाली फुटबल महासंघ (एएफसी)सँग समन्वयन गर्दै सेल्टर आश्रय नेपालले कैदीबन्दीका लागि फुटबल कार्यक्रम ल्याएको हो।

बुधबार सातदोबाटोस्थित एन्फा मुख्यालयमा पत्रकार सम्मेलन गर्दै ‘प्रिजन फुटबल, रिहाबिलिटेसन थ्रु फुटबल प्रोग्राम’ नामक कार्यक्रम सार्वजनिक गरिएको हो। आश्रय नेपालकी अध्यक्ष खुश्बु ओली र एन्फाका महासचिव इन्द्रमान तुलाधरले सम्झौता पत्र आदान–प्रदान गरे।

आयोजकले कैदीबन्दीहरूको मानसिक स्वास्थ्यमा सहयोगकको साथै आत्मविश्वास जगाउने उद्देश्यले खेलाडी, प्रशिक्षक र रेफ्री प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने जनाएको हो। कार्यक्रम आगामी ५ जुनबाट सुरु हुनेछ। एक वर्षभित्र २ चरणमा कार्यक्रम सञ्चालन हुनेछ।

प्रतिक्रिया दिनुहोस्