भक्तपुरमा १२ वर्षीय बालकले गरे झुण्डिएर आत्महत्या



भक्तपुर : भक्तपुरमा १२ वर्षीय बालकले झुण्डिएर आत्महत्या गरेका छन् । 

भक्तपुर सूर्यविनायक नगरपालिका ७ गुण्डुमा बस्ने १२ वर्षीय राजु खतिवडाले टाईको पासो लगाएर आत्महत्या गरेका हुन् । 

बुधबार साँझ करिब ५ बजे राजुले आफ्नै घरको दोस्रो तलामा काठको दलिनमा स्कुल ड्रेसको टाईको पासो लगाएर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

झुण्डिरहेको अवस्थामा छोरालाई भेटेपछि बालकका बाबु राजुले पासो फुकाई मध्यपुर अस्पतालमा लगेका थिए । तर, अस्पतालले उनलाई बेलुकी ६ बजे मृत घोषित गरेको थियो ।

बालकले के कारणले आत्महत्या गरेका हुन भन्नेबारेमा अहिलेसम्म केही खुल्न नसकेको महानगरीय प्रहरी वृत्त जगातीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्