युक्रेनको दाबी : रुसले २ लाख बालबालीकालाई जबरजस्ती लग्यो



एजेन्सी । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्सकीले रुसले २ लाख भन्दा बढी बालबालिकालाई जबरजस्ती लगेको दाबी गरेको छ। युक्रेन र रुसबिच युद्ध भएको ९९ दिन पुग्दा जेलेनस्कीले रुसले आफ्नो देशका बालबालिकालाई जबरजस्ती लगेको आरोप लगाएका हुन्।

उनले रुसको उक्त कदमलाई अपराधको नीतिु भन्दै मानिसलाई अपहरण गर्नुमात्रै नभएको बताएका छन्। रुसले बालबालिकालाई युक्रेन बिर्सिन लगाउन र फेरि फर्केर आउने वातावरण बन्द गराउने प्रयास गरेको आरोप लगाएको छ।

उनले युक्रेनमाथि रुसले नियन्त्रण जमाउन नसक्ने भन्दै ती बालबालिकाहरु कहिलै रसियाको नहुने बताएका छन्। युक्रेनले हालसम्म युद्धका कारण २६१ बालबलिका मारिएको जनाएको छ। ४६० जना बालबालिका घाइते भएको युक्रेनले जनाएको छ।

युक्रेनबाट हालसम्म ६० लाख भन्दा बढी मानिस पलायन भइसकेका छन् रसियामा मात्रै ९ लाख ७१ हजार भन्दा बढी मानिस शरण लिन पुगेका छन्। जसमा महिला र बालबालिका धेरै छन्।

प्रतिक्रिया दिनुहोस्