जापानले पाराग्वेलाई हरायो



काठमाडौं । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा जापानले दक्षिण अमेरिकी टोली पाराग्वेमाथि ४–१ को सहज जित निकालेको छ।

होकाइदोस्थित सापोरो डोमे रंगशालामा जापानको प्रभावशाली जितमा टाकुमा असानो, डाइची कमाडा, काओरु मितोमा र एओ टानाकाले एक–एक गोल गरे।

पाराग्वेका डेर्लिस गोन्जालेजले सान्त्वना गोल फर्काएका थिए। फिफा वरीयतामा जापान २३औं र पाराग्वे ५०औं स्थानमा छ।

प्रतिक्रिया दिनुहोस्