एलजीबीटीलाई समर्थन गर्ने ट्वीटको विरोधमा कुवेतले बोलायो अमेरिकी कूटनीतिज्ञ



एजेन्सी । कुवेतले अमेरिकी दूतावासबाट एलजीबीटीको अधिकारलाई समर्थन गर्ने ट्वीटको विरोधमा एक शीर्ष अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

कुवेतस्थित अमेरिकी अधिकारीहरूले इन्द्रधनुष झण्डा र ‘प्राइड’ महिनाका लागि अमेरिकी राष्ट्रपति जो बाइडेनको एैक्यबद्धताको सन्देश पोस्ट गरेका थिए ।

तर, ‘समलैंगिकतालाई समर्थन गरेको’ भन्दै कुवेतका अधिकारीहरूले दूतावासको आलोचना गर्नुका साथै यस्ता कार्य फेरि नदोहो¥याउन माग गरेको विदेश मन्त्रालयले जनाएको छ । कुवेतमा एलजीबीटीका अधिकारमाथि प्रतिबन्ध छ र त्यहाँ पुरुषहरूलाई समलिंगी हुन अवैध मानिन्छ ।

बिहीबार अंग्रेजी र अरबीमा प्रकाशित ट्वीटमा कुवेतमा अमेरिकी दूतावासले राष्ट्रपति बाइडेनलाई उद्धृत गर्दै भनेको छ, ‘सबै मानिसहरू जो कोही भए पनि वा कसैलाई माया गरे पनि बिनाडर बाँच्न सक्षम हुनुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्