पाकिस्तानमा तालिबानद्वारा अनिश्चितकालीन युद्धविराम घोषणा



एजेन्सी। पाकिस्तानको तालिबान समूहले सरकारसँग अनिश्चितकालीन युद्धविराम घोषणा गरेको छ। अफगानिस्तानको तालिबान सरकारको मध्यस्थतामा वार्ता भएपछि पाकिस्तानी तालिवानले युद्धविराम घोषणा गरेको हो।

दी पाकिस्तानी तालिबान (टीटीपी) ले काबुलमा भएको वार्तामा पर्याप्त प्रगति भएको र अर्को सूचना नभएसम्मका लागि युद्धविराम लम्बिएको जनाएको छ। पाकिस्तानी सरकारी अधिकारीले वार्ता सकारात्मक दिशामा अघि बढेको जनाएको छ । टीटीपीले पाकिस्तानको सशस्त्र फौजसँग वर्षौंदेखि लडिरहेको छ।

टीटीपीले अफगानिस्तानको सिमानामा रहेको पाकिस्तानी क्षेत्रहरूमा शरिया कानूनको कठोर ढंगले लागू गर्न चाहन्छ । पहाडी क्षेत्र लामो समयदेखि चरमपन्थी गतिविधिको केन्द्र बनेको छ ।

प्रतिक्रिया दिनुहोस्