यू-१९ विश्वकप एसिया छनोट : नेपाल ८ रनमा अलआउट



काठमाडौं । आईसीसी यू–१९ महिला टी-२० विश्वकप एसिया छनोटको दोस्रो खेलमा नेपाल ८ रनमा अलआउट भएको छ। मलेसियाको युकेएम यसडी क्रिकेट ओभल बांगीमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपाल ८.१ ओभरमा ८ रनमा अल आउट भएको हो।

नेपालकी स्नेहा महराले सर्वाधिक ३ रन बनाइन्। ओपनर मनिषा रानाले २, किरण कुमारी कुँवर, अनु कडायत र अश्मा पुलामी मगर १/१ रनमा आउट भए। नेपालका ६ खेलाडीले खाता खोल्न सकेनन्।

यूएईका लागि माहिका गौरले घातक बलिङ गर्दै ४ ओभरमा २ मेडन राखेर मात्र २ रन खर्चँदै सर्वाधिक ५ विकेट लिइन् । यस्तै इन्धुजा नन्दकुमारले ३ विकेट लिइन् ।

प्रतिक्रिया दिनुहोस्