चिनियाँ अन्तरिक्ष यान अन्तरिक्ष स्टेसनतर्फ प्रस्थान



बेइजिङ । तीन जना चिनियाँ अन्तरिक्ष यात्री बोकेको एउटा अन्तरिक्ष यान आइतबार चिनियाँ अन्तरिक्ष स्टेसनतर्फ प्रस्थान गरेको छ । स्टेसन निर्माण कार्य आधुनिक चरणहरूमा प्रवेश गरिरहेका बेला चीनले अन्तरिक्ष यात्रीलाई स्टेसनको कोर मोड्युलतर्फ पठाएको हो ।

अन्तरिक्ष यात्रीहरुले ६ महिनासम्म स्टेसनमा काम गर्नेछन् । सेन्झोउ-१४ अन्तरिक्ष यान बोकेको लङ मार्च-२ एफ रकेट उत्तरपश्चिमी प्रान्त गान्सुको जिउक्वान स्याटेलाइट प्रक्षेपण केन्द्रबाट स्थानीय समय अनुसार आइतबार बिहान १०ः४४ बजे अन्तरिक्षतर्फ प्रस्थान गरेको चिनियाँ सञ्चार माध्यमहरूले जनाएका छन् ।

मिसन कमाण्डर चेन दोङसँगै लिउ याङ र काइ जुझे सेन्झाउ-१४ मा सवार छन् ।

प्रतिक्रिया दिनुहोस्