भाइटीकाकै दिन जीप दुर्घटना, बाबुछोरीको मृत्यु



रुकुम पश्चिम: शुक्रबार बाँफिकोट गाउँपालिका –३, दहखोलामा भएको जीप दुर्घटनामा परि घाइते भएकी बालिकाको पनि ज्यान गएको छ । 

 

शुक्रबार बेलुका लु १ ज २६६८ नम्बरको जीप दुर्घटनामा परि गम्भीर घाइते भएकी आठबीसकोट नगरपालिका –१, स्यालाखदीकी ५ वर्षीया पार्वती विकको उपचारका लागि लैजाँदै गर्दा ज्यान गएको हो । 

 

उपचारका लागि नेपालगञ्ज लैजाँदै गर्दा सल्यानमा बालिकाको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक सुमित खड्काले जानकारी दिए।

 

बाँफिकोट गाउँपालिका –३, स्यार्पूबाट नेपानेतर्फ जाँदै गरेको जीप दुर्घटना हुँदा चालक आठबीसकोट नगरपालिका वडा नम्बर –१, स्यालाखदीकै २८ वर्षीय टेकमान विकको शुक्रबार  मृत्यु भएको थियो । पार्वती र टेकमान बाबुछोरी हुन् । 

 

टेकमान छोरीलाई लिएर नेपानेमा रहेको ससुरालीतर्फ जाँदै गर्दा जीप दुर्घटनामा परेको प्रहरीको भनाई छ । बाटो अप्ठेरो भएका कारण दुर्घटना भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्