इंग्ल्याण्डसँग बराबरीमा रोकियो जर्मनी



काठमाडौं । यूईएफए नेसन्स लिगअन्तर्गत मंगलबार राति भएको खेलमा जर्मनी र इंगल्याण्डले १–१ गोलको बराबरी खेलेका छन्। मंगलबारको खेलको ५० औं मिनेटमा जोनास हपम्यानले गोल गर्दै जर्मनीलाई १-० गोलको अग्रता लिएको थियो।

तर, खेलको ८८ औं मिनेटमा पाएको पेनाल्टीको सदुपयोग गर्दै खेल बराबरीमा ल्याएका थिए। यससँगै जर्मनी र इंग्ल्याण्डले अंक बाँडेका हुन्। समूह सीको अर्को खेलमा इटालीले हंगेरीमाथि २–० गोल अन्तरको जित हात पार्‍यो।

यससँगै इटाली समूहमा ४ अंकसहित शीर्षस्थानमा छ। जर्मनीले २ अंक हात पारेको छ भने इंग्ल्याण्डले १ अंक मात्र जोडेको छ।

प्रतिक्रिया दिनुहोस्