पहिलो टी-ट्वान्टीमा श्रीलंकाविरुद्ध अष्ट्रेलियाको जित



काठमाडौं । घरेलु टोली श्रीलंकाविरुद्धको पहिलो टी-ट्वान्टीमा अष्ट्रेलिया विजयी भएको छ। कोलम्बोमा मंगलबार राति अष्ट्रेलियाले श्रीलंकालाई १० विकेटले हराएको हो।

श्रीलंकाले दिएको १ सय २९ रनको लक्ष्य अष्ट्रेलियाले १४ ओभरमा बिना विकेटको क्षतिमा पूरा गर्यो। अष्ट्रेलियाको जितमा डेभिड वार्नरले अविजित ७० रनको अर्धशतकीय इनिङ खेले । यस्तै कप्तान आरोन फिन्चले अविजित ६१ रन बनाए। त्यसअघि पहिले ब्याटिङ गरेको श्रीलंकाले १९ ओभर ३ बलमा अलआउट हुँदै १ सय २८ रन जोडेको थियो।

श्रीलंकाका लागि चारिथ असलंकाले ३८ रन जोडे। यस्तै पाथुम निशंकाले ३६ तथा दनुश्का गुनाथलिकाले २६ रन जोडे। अष्ट्रेलियाका जोश हाजलउडले ४ तथा मिचेल मार्शले ३ विकेट लिए । यस जितसँगै अष्ट्रेलियाले ३ खेलको सिरिजमा १-० को अग्रता बनाएको छ।

प्रतिक्रिया दिनुहोस्