रामेछापको वडा कार्यालयमा ग्यास सिलिन्डर विस्फोट



रामेछाप : रामेछापको खाँडादेवी गाउँपालिका वडा नम्बर ३ भीरपानीको वडा कार्यालयमा ग्यास सिलिन्डर विस्फोट भएको छ। अज्ञात समूहले शनिबार बिहान २ बजेतिर गराएको विस्फोटबाट वडा कार्यालयको एउटा कम्प्युटर, तीनवटा दराजमा रहेको कागजपत्रमा क्षति भएको भिरपानीका वडा अध्यक्ष पुष्करकुमार कार्कीले जानकारी दिए।

कार्यालयको छानाको जस्ताबाट भित्र पसेर कार्यालयको बीचमा पर्ने गरी अज्ञात समूहले  विस्फोट गराएको वडा अध्यक्ष कार्कीले बताए। उनले विस्फोटको थप अनुसन्धान र  क्षतिबारेअनुसन्धान भइरहेको बताए। 

प्रतिक्रिया दिनुहोस्