एकता नटुंगिँदै नेकपामा जन्मियो नयाँ धार



काठमाडौं : तत्कालिन एमाले र माओवादी केन्द्र मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को एकीकरण प्रक्रिया नटुंगिँदै त्यसभित्र नयाँ धारको जन्म भएको छ । पछिल्लो सचिवालय बैठकपछि नेकपाभित्र नयाँ धारको जन्म भएको छ । 

सत्तारुढ दल नेकपाको ५ असोजमा बसको सचिवालय वैठकले सातवटै प्रदेशमा इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष र सचिव मनोनयन गरेपछि त्यसप्रति असन्तुष्टि व्यक्त गर्ने पार्टीका दुई नेता माधवकुमार नेपाल र नारायणकाजी श्रेष्ठको नेतृत्वमा नयाँ धारको जन्म भएको हो ।

पार्टी स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले नेपाल र श्रेष्ठले नयाँ धारको नेतृत्व नभई त्यहीभित्र रहेको धारमा पाइन हाल्न खोजेको दावी गरे ।

प्रतिक्रिया दिनुहोस्