धम्क्याउँदै ७५ लाख माग्ने पक्राउ



काठमाण्डौं : विभिन्न व्यक्तिलाई धम्क्याउँदै ७५ लाख रुपैयाँ माग गर्ने एक जना  ललितपुरबाट पक्राउ परेका छन् । विभिन्न मितिमा मोबाइलबाट नेपाली तथा भारतीय नम्बरको प्रयोग गरेर विभिन्न व्यक्तिलाई धम्क्याउँदै रकम माग गर्दै आएका ललितपुर महानगरपालिका वडा नम्बर २४ का ३० वर्षीय उदय गिरीलाई महानगरीय अपराध महाशाखाको टोलीले ललितपुरको धापाखेलबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।

साथै उनी यसअघि हातहतियार तथा खरखजाना मुद्दामा ३ वर्ष जेल भुक्तान गरी छुटेको प्रहरीले जनाएको छ ।गिरीलाई पक्राउ गरी अनुसन्धान सुरु गरेको महाशाखाले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्