मकवानपुरमा लागूऔषधसहित ३ जना पक्राउ



हेटौंडा । मकवानपुर प्रहरी अवैध लागूऔषधसहित ३ जनालाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय भीमफेदीबाट खटिएको टोलीले अवैध लागूऔषध नाइट्राभेट ५३८ ट्याब्लेटसहित २ जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा तनहुँको देवघाट गाउँपालिका–४ का २१ बर्षीय सरोज भुजेल र काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–९ का २३ बर्षीय जंगबहादुर तामाङ रहेका छन्। वीरगञ्जबाट काठमाडौं जाँदै गरेको ना १ ज ३ हजार ५५३ नम्बरको सुमो चेक जाँच गर्ने क्रममा नाइट्रोभेट सहित उनीहरू पक्राउ गरिएको हो। पक्राउ परेका उनीहरू दुवैजनालाई थप अनुसन्धान प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक रामचन्द्र घिमिरेले जानकारी दिए।

त्यसैगरी प्रहरीले करिब डेढ किलो लागूऔषध गाँजासहित मकवानपुर प्रहरीले १ महिलालाई पक्रेको छ। प्रहरीचौकी हात्तिसुँढेबाट खटिएको टोलीले राक्सिराङ गाउँपालिका–१ स्थायी घर भई बकैया गाउँपालिका–५ कर्मचुली बस्दै आएकी ३५ वर्षीया फूलमाया भुलुनलाई पक्राउ गरेको हो।

उनको साथबाट एक किलो ४ सय ग्राम लागूऔषध गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। भुलुनले घरमा लुकाई राखेको अवस्थाको गाँजा फेला पारेको बताइएको छ। उनलाई पक्राउ गरी आवश्यक अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्