रुबिनाको कप्तानीमा १५ सदस्यीय टिम घोषणा



काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले एसीसी महिला टी-ट्वान्टी च्याम्पियनसिपका लागि राष्ट्रिय टिमको घोषणा गरेको छ ।

क्यानले सोमबार रुबिनाको कप्तानीमा १५ सदस्यीय महिला टिमको घोषणा गरेको हो । प्रारम्भिक टोलीमा रहेका १९ खेलाडीबाट नेपालले अन्तिम टोलीको घोषणा गरेको हो ।

नेपालले घोषणा गरेको टोलीमा मनिषा उपाध्याय पहिलो पटक राष्ट्रिय टिममा अटाएकी छिन् ।

च्याम्पियनसिप यहिँ जुन १७ बाट मलेसियामा सुरु हुनेछ । च्याम्पियनसिपमा नेपाल समूह ‘बी’ मा रहेको छ । नेपालको समूहमा हङकङ, कुवेत, भुटान र बहराइन रहेका छन ।

यस्तै समूह ‘ए’ मा मलेसिया, युएई,ओमान,कतार र सिंगापुर रहेका छन । नेपालले भुटानसँग खेल्दै च्याम्पियनसिपको सुरुआत गर्नेछ । खेल जुन १७ मा हुनेछ।

यस्तै नेपालले दोस्रो खेलमा जुन १८ मा कुवेतसँग खेल्नेछ । नेपालले जुन २० मा बहराइन र जुन २१ मा हङकङसँग खेल्नेछ ।

समूह चरणको खेलपछि शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् ।

च्याम्पियनसिपको फाइनल पुग्ने दुई टोलीले महिला टी-ट्वान्टी एसिया कप क्रिकेटमा छनोट हुनेछ ।

नेपाली टोली :

रुविना क्षेत्री, इन्दु वर्मा, सिता रानामगर, ज्योती पाण्डे, काजल श्रेष्ठ, कविता कुँवर, अपसरी बेगम, कबिता जोशी, डोली भट्ट, सबनम राई, संगिता राई, अस्मिता कर्मचार्य, मनिषा उपाध्याय, विन्दु रावल, ममता चौधरी

प्रतिक्रिया दिनुहोस्