आईपीएल विश्वको दोस्रो महँगो लिग बन्यो



एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) को आगामी पाँच सिजन (२०२३ देखि २०२७) का लागि मिडिया अधिकार लिलामी भएको छ। भारतीय उपमहाद्वीपका लागि, टिभी अधिकारहरू प्रति खेल ५७.५ करोड रुपैयाँमा र डिजिटल अधिकारहरू प्रति खेल ५० करोडमा बिक्री गरिएको छ।

तिनीहरूको कुल बोली ४४,०७५ करोड छ। रिपोर्टकाअनुसार, स्टारले २३ हजार ५७५ करोड रुपैयाँमा टिभी अधिकारहरू खरिद गरेको छ र रिलायन्सको कम्पनी वायाकम ज्ञड ले २० हजार ५ सय करोड रुपैयाँमा डिजिटल अधिकारहरू खरिद गरेको छ। यसअघि सोनीले टिभी राइट्स किनेको खबर आएको थियो । बीसीसीआईले विजेताको नाम भने सार्वजनिक गरेको छैन ।

पछिल्लो पटक स्टारले टिभी र डिजिटल दुवै अधिकार १६ हजार ३४८ करोडमा किनेको थियो। यस्तो अवस्थामा यसपटक टिभी र डिजिटल अधिकार अघिल्लो पटकको तुलनामा साढे दुई गुणा बढी छ । स्रोतका अनुसार अब बीसीसीआईले आईपीएलको एक खेलका लागि १०७.५ करोड रुपैयाँ पाउनेछ ।

यसरी, एक खेलको प्रसारण अधिकारका अनुसार, आईपीएल अब विश्वको दोस्रो महँगो लिग बनेको छ। आईपीएलले ईपीएल (प्रति खेल ८६ करोड)लाई पछि पारेको छ । अहिले अमेरिकाको नेशनल फुटबल लिगले योभन्दा बढी पैसा पाउँछ । एनएफएलले प्रत्येक खेलको प्रसारण अधिकार बापत १३३ करोड रुपैयाँ पाउँछ ।

प्रतिक्रिया दिनुहोस्