मकवानपुर गोल्डकप : सर्वोत्कृष्ट खेलाडी अशोकलाई बुलेट बाइक



हेटौंडा । मकवानपुर गोल्डकपको सर्वोत्कृष्ट खेलाडी विजय यूथ क्लबका अशोक बराल भएका छन् ।

प्रतियोगिताको विधागत खेलाडी र प्रशिक्षकको सम्पूर्ण पुरस्कार आर्मीले पाउँदा सर्वोत्कृष्ट खेलाडीको पुरस्कार भने विजय यूथका अशोक बरालले प्राप्त गरेका हुन् ।

सर्वोत्कृष्ट खेलाडी भएका विजय यूथका कप्तान तथा गोलरक्षक बरालले हेटौंडा स्कूल अफ म्यानेजमेण्टले उपलब्ध गराएको बुलेट मोटरसाइकल प्राप्त गरे ।

अन्य विधागत पुरस्कार भने आर्मीले प्राप्त गरेको छ । आर्मीका गोलरक्षक विकेश कुथु, डिफेन्डर विमल पाण्डे, मिडफिल्डर विवेक बस्नेत, फरवार्ड दिनेश हेन्जन र प्रशिक्षक नवीन न्यौपानेले विधागत उत्कृष्टको पुरस्कार प्राप्त गरे । उनीहरुले जनही नगद २५ हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्राप्त गरे ।

प्रतिक्रिया दिनुहोस्