आज ओमानको सामना गर्दै नेपाल



काठमाडौं। आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत मंगलबार नेपालले ओमानको सामना गर्दैछ। अमेरिकाको टेक्सासस्थित पर्लल्याण्डमा हुने खेल नेपाली समयअनुसार बेलुका सवा ९ बजे सुरु हुनेछ। ओमानविरुद्ध मैदान उत्रदा नेपाल सिरिजमा पहिलो जितको खोजीमा हुनेछ ।

अमेरिका भ्रमणमा रहेको नेपाल त्रिकोणात्मक सिरिजको पहिलो खेलमा ओमानसँग १३ रनले पराजित भएको थियो। दोस्रो खेलमा नेपालले अमेरिकासँग बराबरी खेलेको थियो। १४ खेलबाट १३ अंक जोडेको नेपाल लिगको छैटौं स्थानमा छ। ओमान भने लिगको शीर्षस्थानमा छ। उसले ३५ खेलबाट ४४ अंक जोडेको छ।

पछिल्लो पाँच भेटमध्ये नेपालले ओमानसँग केवल १ खेलमा जित हात पारेको छ भने ४ खेलमा हार व्यहोरेको छ। सिरिज अन्तर्गत नै नेपालले अन्तिम खेलमा अमेरिकाविरुद्ध बुधबार खेल्नेछ  ।

प्रतिक्रिया दिनुहोस्