एनएसजेएफका नवनिर्वाचित पदाधिकारीलाई राखेपको स्वागत र बधाई



काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)का नवनिर्वाचित पदाधिकारीहरुको सम्मानमा मंगलबार स्वागत तथा बधाइ कार्यक्रम आयोजना गरेको छ ।

त्रिपुरेश्वरस्थित राखेपको सभाकक्षमा भएको कार्यक्रममा राखेप सदस्यसचिव टंकलाल घिसिङले कार्य समितिका पदाधिकारीलाई कार्यकाल पूर्ण सफलताको शुभकामना र मायाको चिनो प्रदान गरेका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै सदस्यसचिव घिसिङले खेलकुदको विकास र विस्तारमा खेल पत्रकारको भूमिका पनि महत्वपूर्ण हुने हुँदा सहकार्य गरेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे । खेलकुदको हित र खेलाडीलाई नै केन्द्र विन्दूमा राखेर काम गर्ने उनले प्रतिवद्धता व्यक्त गरेका छन् ।

उनले एसियाली खेलकुद अनिश्चितकालका लागि स्थगित भएपनि परिषद्ले खेलाडीको प्रशिक्षणलाई निरन्तरता दिने बताए । उनले खेलाडीलाई अन्य अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि पनि उपयोगी हुने गरी तयारी अवस्थामा राखिएको बताए ।

खेलकुद पत्रकार मञ्चका अध्यक्ष देवेन्द्र सुवेदीले खेलकुद र खेलाडीको हितका निम्ति मञ्च परिषद्संग सहकार्य गर्दै अघि बढ्ने बताए।

प्रतिक्रिया दिनुहोस्