ओलम्पिक डेमा मास्टर्स ट्राइयाथलन हुने



काठमाडौं । नेपाल ट्राईयाथलन संघको आयोजनमा ४ असारमा तेश्रो मास्टर्स ट्राइयाथलन हुने भएको छ। संघले ओलम्पिक दिवसको अवसरमा उक्त प्रतियोगिता आयोजना गर्न लागेको जनाएको छ।

ठिमीस्थित बोडेमा आयोजा हुने प्रतियोगितामा सय मिटर पौडी, ३.५ किलोमिटर साइईक्लिङ्ग, र १ किलोमिटर दौडको रिले हुने संघका महासचिव युवराज सुनुवारले जनाएका छन्।

प्रतियोगितामा प्रतिष्ठित व्यक्तिहरूसहित करिब १ सय खेलाडीले सहभागिता जनाउने संघको अपेक्षा रहेको सचिव सुनुवारले बताए।

प्रतिक्रिया दिनुहोस्