राजस्व कार्यालय जनकपुरबाट सारिए सशक्त आन्दोलनमा उत्रिने उद्योग वाणिज्य संघको चेतावनी 



जनकपुरधाम : आन्तरिक राजस्व कार्यालय जनकपुरधामबाट सार्ने विषयबारे जनकपुर उद्योग वाणिज्य संघद्वारा जिल्ला प्रशासन कर्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाइएको छ । सोमबार दिउँसो उद्योग वाणिज्य संघद्वारा आन्तरिक राजश्व कार्यालय यथास्थानमै राख्न माग गर्दै ज्ञापन पत्र बुझाइएको हो । 

जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष ललित साह र महासचिव जितेन्द्र महासेठको संयुक्त हस्ताक्षरित विज्ञप्तिमा जनकपुरमा अवस्थित आन्तरिक राजस्व कार्यालयले धनुषा, महोत्तरी, सर्लाही र सिन्धुलीको ४० करोड बराबरको कारोवार हुने गरेको बताइएको छ । तर, व्यापार व्यवसायीलाई सबै सेवा दिने भएपनि केही सेवा जस्तै कर चुक्ता, खाता प्रमाणित जस्ता कार्यहरु विगतका वर्षहरुमा दिँदै आएको भएपनि अब आएर जनकपुर आन्तरिक राजस्व कार्यालयको अधिकार सिमित गर्न खोजिएको बताइएको छ । 

जनकपुर आन्तरिक राजस्व कार्यालय जस्तै बर्दिवास सेवा कार्यालयलाई पनि समान हैसियत दिन खोजेको भन्दै विज्ञप्तिमा अगाडि लेखिएको छ, ‘२० देखी ३० किलो मिटरको दूरी मै महोत्तरी, सर्लाही, सिन्धुली र धनुषाको मिथिला नगरपालिका समेतलाई कार्यक्षेत्र तोकने गरी कार्यालय नै सार्ने तयारी भएको जानकारी आफूहरुलाई आएको भन्दै तत्काल कार्यालयको सार्ने काम बन्द गरिनुपर्छ ।’

यदि जनकपुरको अधिकार संकुचित बनाएर कार्यालयको सेवा केन्द्रलाई दिने निर्णय भयो भन्ने त्यसको सशक्त विरोध हुने र त्यास पश्चात सिर्जना हुने अवस्थाको जिम्मा स्वयं सरकारले लिनु पर्ने चेतावनी समेत विज्ञप्तिमा उल्लेख गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्