बजेट पारित भए लगत्तै मन्त्री फिर्ता बोलाइने



काठमाडौं । नेकपा एकीकृत समाजवादीले मन्त्रीलाई फिर्ता बोलाउने निर्णय बजेट पारित भए लगत्तै कार्यान्वयन गर्ने जनाएको छ ।

स्थायी कमिटी बैठकले सचिवालय बैठकको निर्णय अनुमोदन गर्दै बजेट पारित भए लगत्तै नयाँ मन्त्री सरकारमा पठाउने निर्णय गरेको हो ।

स्थायी कमिटी बैठकपछि पत्रकारसँग कुरा गर्दै प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले मन्त्रीहरूलाई सरकारबाट फिर्ता बोलाउने सचिवालयको निर्णयलाई स्थायी कमिटीले अनुमोदन गरेको जानकारी दिएका छन ।

उनले स्थायी कमिटी बैठकले असार १० गते पोलिटव्युरो र ११ गते केन्द्रीय कमिटी बैठक बोलाएको बताए । यस्तै, १३ गते केन्द्रीय परिषद् बैठक बोलाएको खतिवडाले बताएका छन ।

एकीकृत समाजवादीले गठबन्धनलाई आगामी निर्वाचनसम्म लैजान सम्पूर्ण प्रयत्न गर्ने समेत निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्