२४ घण्टामा भारतमा १२ हजार वढीमा कोरोना पुष्टि



एजेन्सी । भारतमा कोरोना भाइरसको संक्रमण फेरि बढ्न थालेको छ । पछिल्लो २४ घण्टामा भारतमा १२ हजार २१३ जनामा संक्रमण देखिएको छ । यस्तै, ११ जना संक्रमितको मृत्यु भएको छ।

एक दिनमा ७ हजार ६२४ जना संक्रमण मुक्त भएका छन् । हाल भारतभार ५८ हजार २१५ जना सक्रिय कोरोना संक्रमित छन्।

दैनिक पोजिटिभिटी दर २।३५ रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पहिलाको कोरोना लहरमा झै अहिले धेरै गाह्रो परिस्थिति नभए पनि मानिसहरुलाई सतर्कता अपनाउन मन्त्रालयले आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्