इंग्लिस प्रिमियर लिग फुटबलको खेल तालिका सार्वजनिक



काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलको नयाँ सिजनको खेल तालिका सार्वजनिक भएको छ ।

प्रिमियर लिगले २०२२-२३ को सिजनको खेल तालिका बिहीबार सार्वजनिक गरेको हो । प्रिमियर लिगको नयाँ सिजन अगस्ट ५ बाट सुरु हुनेछ ।

सिजनको पहिलो खेलमा आर्सनलले क्रिस्टल प्यालेसको सामना गर्नेछ । सिटीले वेस्ट ह्यामसँग खेल्दै सिजनको सुरुआत गर्नेछ ।

अघिल्लो सिजनको उपाधि म्यानचेस्टर सिटीले जितेको थियो ।

प्रतिक्रिया दिनुहोस्