काभ्रेपलाञ्चोकमा गाडी र मोटरसाइकल ठोक्किँदा १ जनाको मृत्यु



काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–१० चाखोलामा बा.४ ख ४८८८ नम्बरको आईचर गाडी र प्रदेश ३–०२–००८ प ६४२४ नम्बरको मोटरसाइकल ठोक्किँदा १ जनाको मृत्यु भएको छ।

शुक्रबार दिउँसो भएको दुर्घटनामा मृत्यु हुनेमा मोटरसाइकल चालक भक्तपुर ठिमी नगरपालिका बस्ने २५ वर्षीय मनिष खड्का रहेका छन्।

दुर्घटनामा गम्भीर घाइते भएका उनको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। आईचर गाडीका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया दिनुहोस्