कि सरकार अपराधिसँग डरायो ?



काठमाण्डौ : राष्ट्रिय जनता पार्टीका सांसद नरमाया ढकालले निर्मला पन्तको हत्यारा सार्वजनिक गर्न माग गरेकी छन् । प्रतिनिधिसभाको आजको बैठकमा शून्य समयमा बोल्दै उनले बास्तविक अपराधि कहिले सार्वजनिक हुन्छ भन्दै प्रश्न गरिन् ।

उनले भनिन्, ‘निर्मला पन्त प्रकरणमा गृहमन्त्री ज्युले यही सदनमा अपराधि पत्ता लागेको जानकारी गराउनुभएको थियो । वास्तविक अपराधि कहिले सार्वजनिक हुन्छ ? कि सरकार अपराधि संग  डरायो ’ ।

यस्तै उनले महिलाका अधिकारकालागि लड्ने राष्ट्रिय महिला आयोग सरकारसँग न्याय मागिरहेको बताउदै सरकारले गठन गरेका आयोगहरुमा सदस्य नियुत्ति किन हुन सकेन भनि प्रश्न गरिन् ।

प्रतिक्रिया दिनुहोस्