काठमाडौंले हरेक आइतबार जनतासँग मेयर कार्यक्रम सञ्चालन गर्ने



काठमाडौं । काठमाडौं महानगरपालिकाले प्रत्येक हप्ताको आइतबार जनतासँग मेयर कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

महानगरपालिकाका मेयर बालेन (बालेन्द्र) साहले आर्थिक वर्ष २०७९-०८० को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै प्रत्येक हप्ताको आइतबार सञ्चालन गरिने जनतासँग मेयर कार्यक्रममा जनतासँग प्रत्यक्ष कुराकानी गर्ने बताएका हुन् ।

बालेनले नीति तथा कार्यक्रममा महानगरपालिकालाई पारदर्शी र सुशासनको लागि मातहतका सबै कार्यालयमा सीसी क्यामेरा जडान गरिने पनि बताएका छन ।

प्रतिक्रिया दिनुहोस्