साइकल चलाउने क्रममा लडे अमेरिकी राष्ट्रपति बाइडेन



काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेन साइकल चलाउने क्रममा लडेका छन।

शनिबार डेलावेयरको रेहोबोथबीचमा साइकल चलाउने क्रममा ७९ वर्षीय राष्ट्रपति बाइडेन लडेको समाचार संस्था रोयटर्सले जनाएको हो ।

राष्ट्रपति बाइडेन त्यहाँ बिदा मनाउन गएका थिए । समर्थकलाई अभिवादन गर्नका लागि बाइडेन साइकल चढ्नुभएको समाचारमा उल्लेख गरिएको छ । साइकलबाट लडे पनि राष्ट्रपति बाइडनलाई चोट भने लागेको छैन् ।

लड्ना साथ उठ्नु भएका उनले आफूलाई केही नभएको बताएका थिए । त्यसपछि उनले त्यहाँ उपस्थित समर्थकसँग केही मिनेट कुराकानी समेत गरेको समाचार संस्था रोयटर्सले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्