सन् १९७० देखि सुरु भएको सुष्मा स्वराजको राजनीतिक यात्रा !



काठमाडौं : भारतीय जनता पार्टीकी नेतृ तथा पूर्व विदेशमन्त्री सुष्मा स्वराजको मंगलबार राति हृदयघातका कारण निधन भएको छ । 

उपचारको क्रममा अल इण्डिया इन्सिच्युट अफ मेडिकल साइन्समा स्वराजको ६७ वर्षको उमेरमा निधन भएको हो ।

हृदयघात भएपछि उनलाई अस्पताल लगिएको थियो । तर, उनलाई चिकित्सकले मृत घोषणा गरेको थियो । 

स्वराजको निधनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समवेदना व्यक्त गरेका छन् । त्यस्तै नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले पनि स्वराजको निधनप्रति दुःख व्यक्त गरेका छन् । 

सुष्माको जन्म १४ फेब्रुअरी १९५२ मा हरियाणामा भएको थियो । उनका बुबा हरदेव शर्मा आरएसएसका प्रमुख सदस्य थिए । सुष्मा कलेजको दिनबाट नै भाषण गर्थिन् । उनले पञ्जाब विश्वविद्यालयबाट कानुन विषयमा डिग्री हासिल गरेकी थिइन् । १९६३ मा उनले सर्वोच्चो अदालतमा वकिलको रुपमा काम थालिन् । त्यही क्रममा २ वर्षपछि उनले साथी वकिल स्वराज कौशलसँग बिहे गरिन्  ।

सुष्मा स्वराजको राजनीतिक यात्रा 

सुष्मा स्वराज सन् १९७० देखिनै राजनीति यात्रा सुरु गरेकी थिइन् । त्यतिबेला उनी अखित भारतीय विद्यार्थी परिषद्मा आवध थिइन् । १९७५ मा फर्नान्डिसको विधिक टिमको हिस्सा बनेकी स्वराज भारतको संकटकालका बेला उनी जनता पार्टीकी सदस्य बनिन् । 

स्वराज भाषण कलाका साथै कुशल प्रशासक थिइन् । विगत चार दशकमा उनले ११ चुनाव लडिन्, जसमा उनी चार पटक विधानसभामा विजयी भइन् । सात पटक त सांसद बनिन् । उनी चुनावी राजनीतिमा हरियाणा, दिल्ली, उत्तरप्रदेश, कर्नाटक र झारखण्ड गरी ६ राज्यमा सक्रिय थिइन् । 

सन् १९७७ देखि १९८२ सम्म उनी हरियाणा विधानसभाकी सदस्य समेत रहिन् । २५ वर्षेको कलिलो उमेरमै उनले अंबालामा जित हासिल गरेकी थिइन् ।

१९८० मा भारतीय जनता पार्टी गठन भएसँगै उनी पार्टीसँग आवद्ध भइन् । 

सन् १९८७ देखि १९९० सम्मका कुनैपनि विधानसभामा उनी छुटिनन् ।

१९९० मा उनलाई राज्यसभाको सदस्य बनाइयो । 

१९९६ मा उनले दिल्ली संसदीय क्षेत्रबाट चुनाव जितिन् । त्यसले उनलाई १३ दिनको वाजपेयी सरकारमा सुचना तथा प्रसारण मन्त्री बनायो ।

१९९८ मा पुनः दिल्ली संसदीय क्षेत्रबाट चुनाव जितेकी उनी फेरि वाजपेयी सरकारमा दूरसञ्चार मन्त्रीका साथसाथै सूचना तथा प्रसारणमन्त्रीको पनि जिम्मेवारी पाइन् यसैबेला उनले भारतीय चलचित्र बजारलाई उद्योगका रुपमा विकास गरिन् । जसले फिल्म निर्माताहरुलाई बैंकबाट कर्जा लिन सजिलो भएको थियो । 

अक्टोबर १९९८ मा सुष्मा दिल्लीकी पहिलो मुख्यमन्त्री बनिन् । अर्को महिना विधानसभाबाट राजिनामा दिँदै उनी राष्ट्रिय राजनीतिमा लागेकि थिइन् ।  

सन् १९९९ मा उनले तत्कालिन कंग्रेसकी अध्यक्ष सोनिया गान्धीविरुद्ध कर्नाटक के बेल्लारी निर्वाचन क्षेत्रबाट चुनाव लडिन् । जसमा भने उनले पराजय भोग्नुपर्यो ।

तर, २००० मा उनी उत्तरप्रदेशबाट राज्यसभामा पुगिन् । यसपटक पुन उनलाई सुचना तथा प्रशारण मन्त्रीको जिम्मेवारी दिइयो । 

यसैगरी २००३ मा उनी स्वास्थ्य परिवार कल्याण तथा संसदीय मामिला मन्त्री बनेकी थिइन् ।

२००९ मा उनले विदिशा लोकसभा क्षेत्रबाट चुनाव जितिन् । १५आँैँ लोकसभामा उनी लालकृष्ण आडवानीको स्थानमा विपक्षको नेता चुनिइन् । 

२०१४ मा मोदी सरकारको जितपछि उनी भारतको पहिलो महिला विदेशमन्त्री बनिन् । 

२०१९ मा भएको आम निर्वाचनमा भाजपाले बहुमतका साथ विजेता भएकी थिइन् । तर, उनको स्वास्थ्य अवस्था ठिक नभएका कारण कुनैपनि पदमा नबस्ने घोषणा गरेकी थिइन् ।

सहयोगी भावनाकी सुष्मा

सुष्मा स्वराज विदेशमन्त्री रहँदा संयुक्त राष्ट्रसंघको महासभामा हिन्दीमा भाषण गरेकी थिइन् । त्यहाँ उनको निकै प्रशंसा भएको थियो । 

सुष्मा स्वराज प्रायः ट्वीटरमा सक्रिय हुन्थिन् । विदेशमा अलपत्र परेकाहरुको उद्धार गर्नदेखि पासपोर्ट बनाइदिने काममा होस् उनले सधै सहयोग गर्थिन् । 

यता स्वराजले निधन हुनु केहीबेर अघि ट्वीट गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाई दिएकी थिइन् । 

स्वराजले निधन हुनु केही घण्टाअघि मात्र कश्मिर मुद्दालाई लिएर प्रधानमन्त्री मोदीलाई बधाई दिएकी थिइन् । उनले प्रधानमन्त्री मोदीसमक्ष यो दिन देख्ने प्रतिक्षामा आफु रहेको बताएकी छिन् ।

 

प्रतिक्रिया दिनुहोस्