काठमाडौंका मेयर बालेन साहको चुनाव खर्च करिब चार लाख



काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले आफ्नो चुनावी खर्च सार्वजनिक गरेका छन । सामाजिक सञ्जालमार्फत् उनले स्थानीय निर्वाचनमा भएको खर्चको विवरण सार्वजनिक गरेका हुन् ।

उनले चुनावी अभियानका क्रममा तीन लाख ९४ हजार ४८९ रुपैयाँ खर्च भएको सार्वजनिक गरेका हुन् । जसमा मतगणनाको समयमा मात्रै १ लाखभन्दा बढी खर्च भएको उनले जनाएका छन ।

उनले भनेका छन्, ‘मतगणना ढिलो भएर निर्वाचन प्रक्रियालाई लामो र बोझिलोमात्रै बनाएको छैन, उम्मेदवारका लागि महंगो बनाइरहेको छ। यसमा सबैको ध्यान जान जरुरी छ।’

प्रतिक्रिया दिनुहोस्