मुख्यमन्त्री राउतको ‘टङ्गस्लीप’, शिवचन्द्रलाई जब शिवशंकर भनेर सम्बोधन गरे….



जनकपुरधाम : प्रदेश २ को प्रदेशसभा बैठक अरु दिनको भन्दा बुधबारको बैठक अलि फरक थियो । बैठकमा कांग्रेस र नेपका सांसदलाई सम्बोधन गर्दै मुख्यमन्त्री लालबाबु राउतलाई सांसदको नामनै याद भएन । 

बुधबारको बैठकमा सत्ता साझेदार दलका नेता, प्रतिपक्ष र प्रमुख प्रतिपक्ष सबै दलका नेतासहित सञ्चारकर्मीहरुको पनि उलेख्य उपस्थित थियो । 

बैठक सुरु हुना साथ सभामुख सरोज कुमार यादवले शून्य समय र विशेष समय नरहेको घोषणा गर्नु हुन्छ र कार्य सूची अनुरूप सभाको कारवाही प्रारम्भ हुन्छ ।

बैठकको सुरुमै उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री राम नरेश रायले प्रदेश २ को वन सम्बन्धी विधेयक प्रस्तावको अनुमति लिए । 

त्यसपछि सामाजिक विकास मन्त्री नवल किशोर साहले बालबालिकाको हक अधिकार सम्बन्धी विधेयक र स्वास्थ्य सेवा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको दफावार छलफलको लागि समितिमा पठाउने प्रस्ताव पारित भयो ।

तर, सभामा उपस्थित सबैको नजर मुख्यमन्त्री लालबाबु राउतमाथि नै केन्द्रित थियो । कार्य सुचिमा मुख्यमत्री स्वयंले प्रदेशको लोकसेवा आयोग सम्बन्धी विधेयक प्रस्ताव ल्याउने उल्लेख भएकै कारणले होला बैठकमा उपस्थित सबैको ध्यान राउतमाथि नै थियो । 

मुख्यमन्त्री राउतले प्रदेश लोकसेवा सम्बन्धी विधेयक प्रस्तावबारे आफ्नो सम्बोधन सुरु गर्दासम्म सबै ठिक नै थियो । मुख्यमन्त्री राउतले लोकसेवा विधेयकको औचित्य, प्रदेशमा लोकसेवाको आवश्यकताबो स्पष्ट गरे ।  

उक्त विधेयक उपर छलफलका क्रममा कांग्रेस सांसद शिवचन्द्र चौधरी र नेकपाका सांसद गोविन्द न्यौपानेले विधेयकमा थोरै काम गर्नुपर्ने सुझाव दिएसँगै मुख्यमन्त्री राउतले जवाफ दिने क्रममा सभाका सदस्यहरुलाई सम्बोधन गर्दै राउतले शिवचन्द्रलाई शिवशंकर र न्यौपानेलाई उप्रेती भनेर भनेपछि एक छिन सबै चकित भए ।

सभामा उपस्थित सबैला एक अर्कालाई हेर्दै मुसुमुसु हास्न थाले । प्रदेशसभा सदस्य गोविन्द न्यौपाने र  शिवचन्द्र चौधरी पनि एक अर्कालाई हेरे र मन्द मुस्कानका साथ मुख्यमन्त्री राउतलाई हेरे पछि राउत पनि मुसुक्क हाँसे र आफुले कुनै गल्ती गरेको जस्तै अभिवादन गर्दै हँसिलो अनुहार बनाउदै पुनः आफ्नो स्थानमा फर्केका थिए ।

सभा हल बाहिर सबैको मनमा एउटै प्रश्न के वास्तवमा मुख्यमन्त्री राउत बैठकमा ति दुई चर्चित सदस्यका नाम बिर्से कै हो त ?

मेरो प्रश्नको जवावमा एक जना सञ्चारकर्मी मित्रले भने, ‘मित्र कुनै बेला भारतीय प्रधान मन्त्री नरेन्द्र मोदी पहिलो पटक जनकपुर आउँदा आफ्नो सम्बोधनको क्रममा मोदिले हाम्रा प्रधानमन्त्री केपी शर्मा ओली लाई ‘कोली’ र जनकपुरका मेयर लालकिशोर साहलाई ‘लालकिलोर’ भनेर सम्बोधन गरेका थिए ।

मोदी जस्ता व्यक्तिले नाममा विर्सिन सक्छन् भन्ने यिनी त लालबाबु राउत हुन् । मित्र ! यहाँ बडे बडेको ‘टङ्गस्लीप’ बोली चिप्लिन्छ ।

प्रतिक्रिया दिनुहोस्