६ बालबालिकाको शव पोखरीमा भेटियो



जेङजाओ : चीनको मध्य क्षेत्रमा रहेका प्रान्त हेनानको जेङजाओ भन्ने स्थानमा छ जना बालबालिकाको डुबेर मृत्यु भएको छ। उनीहरूको शव पोखरीमा डुबेको अवस्थामा भेटिएको अन्तर्राष्ट्रिय संचार माध्यामहरुले जनाएका छन्।

ज्यान गएका बालबालिका ५ देखि १२ वर्षको उमेरका छन्। बुधबार साँझ ती बालबालिका डुबेको अवस्थामा भेटिएको जनाइएको छ। उनीहरू पौडी खेल्ने क्रममा डुबेको हुनसक्ने अनुमान गरिएको छ।

 

प्रतिक्रिया दिनुहोस्