ओप्पो ए १६ के बजारमा, लङ्ग–लास्टिङ ब्याट्री सेबिङ



काठमाडौं । ओप्पो ए १६ के बजारमा आएको छ । ३ जिबी र्‍याम + ३२ जिबी रोम र ४ जिबी र्‍याम + ६४ जिबी रोम लार्ज मेमोरी र स्टोरेजका साथ अब ओप्पो ए १६ बजारमा उपलब्ध छ । ३ जिबी भेरियन्टको मूल्य मात्र रु. १५,९९० र ४ जिबी भेरियन्टको मूल्य १७,९९० कायम गरिएको छ ।

ओप्पोले थ्री डी स्लीक डिजाइन, उत्पादन प्रक्रिया, स्टाईलिश र टिकाउ उपकरण उत्पादन गर्दै ओप्पो ए १६ के को १६.६६ से.मी. ६.५२ एच् डी वाटरड्रप स्क्रिनलाई थप परिमार्जित र १६००ह्७२० डिस्प्लेको साथ अपग्रेड गरेको छ । ओप्पो ए १६ के चार गोलाकार कुनाहरुलाई पोइन्ट कर्नरहरुका रुपमा लिईएको छ । यो ४२३० एमएएच् लामो समयसम्म चल्ने ब्याट्रीले सुसज्जित छ ।

फोनको रियर क्यामेरामा कस्मोपोलिटन, ऐस्ट्रल र ड्याजल सहित तीन नयाँ नाईट फिल्टर सुविधा थप गरिएको छ । यी सबै प्रयोगकर्ताहरुलाई सुन्दर, व्यावसायिक शटहरु खिच्न मद्दत गर्न डिजाइन गरिएको हो । यसमा ५ह डिजिटलजुमको साथ १३ एमपी फ्रन्ट क्यामेरा छ । यसले प्रयोगकर्ताहरुलाई उत्पादनशील र मनोरञ्जन गर्न आवश्यक परेको बेला थप क्षमता राख्दछ ।

ए १६ के मा भिडियो प्यारामिटरहरु, भिडियो फिल्टर शैलीहरु क्ययियउ सम्पादन सुविधाहरु पनि पाईन्छ, यसमा सफ्ट, आफ्टरनुन्, लाईट फिल्म, रिच, प्योर, प्लेन, नोस्टाल्जिक, वेस्टर्न, ट्वाइलाइट र मोनोक्रोम जस्ता १० फिल्टरहरु समावेश छन । क्ययियउ सम्पादनमा संगीत, सम्पादन, उपशीर्षक र फिल्टरहरु पहिचान गर्न सकिन्छ ।

यसबाहेक, यसले आफ्नो एआई ईन्जिनमार्फत दृश्यको चमक र रङ्ग पुर्नस्थापना गर्दछ । फोटो थप जीवन्त र प्राकृतिक देखाउन ईमेज र त्यसपछि ईमेज रङ्गहरु पुन: निर्माण गर्न पिक्सेल स्तरको कलर म्यापिङ एल्गोरिथम प्रयोग गरिएको छ । मोबाइलमा ब्याक क्यामेराको लागि तीनवटा नयाँ नाईट फिल्टरहरु छन् : कस्मोपोलिटन, ऐस्ट्रल र ड्याजल यी सबै प्रयोगकर्ताहरुलाई सुन्दर, व्यावसायिक शटहरु खिच्न मद्दत गर्न डिजाइन गरिएको हो । ओप्पो A16K कोे मुनलाईट डिस्प्ले, सनलाईट डिस्प्ले र एआई स्मार्ट ब्याकलाइर्टले दिनभरी प्रयोगकर्ताको आँखाको ख्याल राख्छ । स्क्रिन पुल डाउन गरी एप आईकनहरु छेउमा राख्न सक्दछ र उक्त आइकनहरु छोडी एप खोल्न सक्दछ । साथै, सामाजिक मिडिया ब्राउज चलाउँदा वा गेम खेल्दा ल्याग–फ्रि स्मुथनेसको लागि सिस्टम बुस्टर सफ्टवेयर अप्टिमाइजर, अक्टा–कोर चिपका साथै १TB सम्म स्टोरेज बढाउन सकिन्छ । पछिल्ला केही बर्षहरुमा, प्रविधिको विकासले विश्व र मानव जीवनमा नवीनतम परिवर्तन ल्याइरहेको अवस्थामा सबैका मागहरु पूरा गर्न प्रतिबद्व रहेको ओप्पोले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्