एसीसी महिला च्याम्पियनसिप : युएईले नेपाललाई दियो ८२ रनको लक्ष्य



काठमाडौं । नेपाली महिला क्रिकेट टिमले एसीसी महिला क्रिकेट टी–२० च्याम्पियनसिपमा युएईले नेपाललाई ८२ रनको लक्ष्य दिएको छ। मलेसियाको किनरारा ओभलमा शुक्रबार भइरहेको खेलमा यूएईले १९.५ ओभरमा सबै विकेट गुमाउँदै ८१ रन बनायो।

नेपालकी अस्मिना कर्मचार्यले ३.५ ओभर बलिङ गर्दै १० रन दिएर ५ विकेट लिएकी छन् । यस्तै इन्दु वर्माले ४ ओभरमा १६ रन दिँदै ३ विकेट झारिन् भने सीता राना मगरले ४ ओभरमा १९ रन दिँदै २ विकेट लिइन् । यूएईकी वैस्नव महेसले ११ बलमा १६ रन बनाइन् भने इसा ओझाले २१ बलमा १५ रन बनाइन्। वर्षाका कारण खेल आधा घण्टा ढिलो सुरु भएको थियो।

सेमिफाइनल खेलमा नेपालले यूएईविरुद्ध टस जितेर पहिले फिल्डिङ रोजेको थियो । ग्रुप बीमा रहेको नेपालले ३ खेलमा जित र एक खेलमा हार व्यहोर्दै ६ अंकका साथ शीर्ष दुईमा रहेर सेमिफाइनलमा पुगेको हो ।

प्रतिक्रिया दिनुहोस्