पाकिस्तानी पूर्वप्रधानमन्त्री नवाज शरिफकी छोरी मरियम पक्राउ



काठमाडौं : पाकिस्तान मुस्लिम लिग नवाजका उपाध्यक्ष मरियम नवाज शरीफ पक्राउ परेकी छिन्। उनलाई पाकिस्तानमा भ्रष्टाचार नियन्त्रणसम्बन्धी निकाय न्याश्नल अकाउन्टबिलिटी ब्यूरो एनएबीले पक्राउ गरेको अन्तर्राष्ट्रिय संचार माध्यामहरुले जनाएका छन्।

उनी पूर्वप्रधानमन्त्री नवाज शरिफकी छोरी हुन्। एउटा चिनी उद्योगसम्बन्धी मुद्दामा मरियमलाई पक्राउ गरिएको हो। भ्रष्टाचार गरेको आरोप पुष्टि भएपछि जेलजीवन बिताइरहेका आफ्ना बुवा नवाजलाई भेट्न गएको बेला मरियमलाई पक्राउ गरिएको हो।

प्रतिक्रिया दिनुहोस्