images

सिंहदरबारको छायाँमा प्रदेशको राजधानी बनाउनु हुँदैन : मुख्यमन्त्री पौडेल

द नेपालटप | प्रकाशित: २०७६-४-२३ गते
सिंहदरबारको छायाँमा प्रदेशको राजधानी बनाउनु हुँदैन : मुख्यमन्त्री पौडेल

काठमाडौं : प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशको स्थानीय राजधानी हेटौँडामै हुनुपर्छ भन्ने पक्षमा आफू नरहेको बताएका छन् । 

काठमाडौंको नयाँ बानेश्वरमा बिहीबार सञ्चारकर्मीसँगको अन्तरक्रियामा बोल्दै मुख्यमन्त्री पौडेलले सो कुरा बताएका हुन् । उनले आफ्नो घर हेटौँडामा भएपनि प्रदेशको स्थानीय राजधानी हेटौँडामै हुनुपर्छ भन्ने पक्षमा नरहेको बताएका हुन् । 

उनले थप्दै भने, ‘प्रदेश ३ को स्थायी राजधानी नुवाकोट वा रामेछापमा बनाए पनि हुन्छ । तर, काठमाडौंमा चाहिँ कुनै हालतमा प्रदेशको राजधानी राख्न हुँदैन ।’

मुख्यमन्त्री पौडेलले सिंहदरबारको छायाँमा प्रदेशको राजधानी बनाउन नहुने जिकिर गरे ।

अबको केही दिनभित्रै प्रदेश ३ को नाम र राजधानी सुन्न पाइने उनले बताए । 

प्रदेशको राजधानीका विषयमा यस्तो दलील प्रस्तुत 

तपाईहरुको सबैभन्दा ठूलो जिज्ञासा राजधानीको सन्दर्भ र नामको सन्दर्भ छ । मैले के अनुरोध गरें भने घरपायकका आधारमा राजधानी रहँदैन । मैले चाहेर हुने भए त स्वाभाविकरुपमा हेटौंडामा हुनुपर्छ भनौंला । किनभने, मेरो घर त्यहीँ छ, मैले बाहिर भन्न अलि मिल्दैन ।

तर, म एउटा कुरा के प्रष्ट पार्छु भने राजधानीका विषयमा मेरो आफ्नो लजिक छ । जबर्जस्त लजिक छ । त्यो के हो भने मैले हेटौंडै चाहिन्छ भन्दिनँ, तर राजधानी यो राजधानीमा (काठमाडौं) मा हुँदैन । यो मेरो निर्णय हो । यो सिंहदरबारको छायाँभित्र आएर प्रदेशको राजधानी बस्दैन ।

सिंहदरबार यहीँ छ । हामी २०र२५ वर्षसम्म केमा लडियो भने राजधानीलाई कसरी व्यवस्थित गर्ने ? राजधानीका जनतालाई कसरी डाइभर्ट गर्ने ? यो पपुलेसनलाई हामीले कसरी बाहिर लैजान सक्छौं ? कसरी बाहिरको क्षेत्रलाई विकास गर्ने ? यी सबै मान्छे काठमाडौंमा आउने र काठमाडौं अस्तव्यस्त शहरको रुपमा रुपान्तरण हुने कुराको अन्त्य गर्न सबभन्दा पहिले राजधानीको पपुलेसनलाई डाइभर्ट गर्नुपर्छ । यो एउटा वैज्ञानिक आधार हो । अब २०र२५ वर्षसम्म यिनै कुरा गरेर म आएँ । अब फेरि राजधानीलाई ल्याएर काठमाडौंमै राख्नुपर्छ भनेर मैले भनें भने मेरो २० वर्षको इतिहास, मैले जे कुरा गरें, जे लगानी गरें, त्यो खेर जान्छ । त्यो हुँदैन ।

राजधानी नुवाकोटमा लान पनि म तयार । कुनै आपत्ति छैन । हेटौंडा नै राख्नुपर्छ भन्दिनँ म । रामेछापमा यदि सम्भावना छ भने त्यहाँ पनि जाऔं । तयार होऔं । तर, के भने राजधानी हामी यस्तो ठाउँमा लैजाऔं, जहाँ त्यो क्षेत्रको पनि विकास हुन सक्छ, जनताले काठमाडौं बाहिर पनि देश हो भनेर सोच्नुपर्छ । हामीले त्यही सेवा र सुविधा दिन सक्यौं भने काठमाडौंमा जनता धेरै आउँदैनन् । योचाहिँ मेरो एउटा दृढ कुरा हो ।

अर्को पक्ष के हो भने म तपाईहरुलाई एउटा उदाहरण दिन्छु । २०१७र०१८ सालमा राजा महेन्द्रले बनाएका जिल्ला सदरमुकामहरु हेर्नुहोस् । प्रशासनिक भवनहरु हेर्नुहोस् । मेचीदेखि महाकालीसम्म जानुभयो भने जम्मै बोर्डर साइडमा छन् ।

किन तल–तल, तल–तल ? मास्तिर राखेको भए पनि हुन्थ्यो नि । चन्द्रनिगाहपुरमा नराखेर किन गौरमा राखियो ? सप्पै हेर्नुहोस् बोर्डरमा छन् । यसको अर्थ त्यो स्ट्राटेजीकल्ली पनि, सरक्षाको हिसाबले, हरेक हिसाबले भन्ने पनि एउटा तर्क हो ।

त्यसैले राजधानीजस्तो विषयलाई मैले भनेर त हुने हैन, हामी दुईरचार जनाले भन्नुभन्दा पनि सिंगो यो मुलुकको नेतृत्व गर्ने राजनीतिक पार्टीहरुको वीचमा एउटा सहमति भयो भने हुन्छ । किनभने यो त दीर्घकालीन प्रभाव पार्ने, दीर्घकालीन असर पार्ने कुरा हो ।

अहिले काठमाडौंका मान्छेलाई काठमाडौंमा हुँदा राम्रो । नजिकको हिसाबले सबै राम्रो होला । तर, के भने त्यसको व्यवस्थापकीय हिसाब र अरु हिसाबले पनि, संघीय व्यवस्थालाई व्यवस्थापन गर्ने हिसाबले पनि राजधानी काठमाडौंमा हुँदैन र काठमाडौंभन्दा बाहिर जानुपर्छ भन्ने मेरो मान्यता हो ।

तर, यसो भनेर मैले यहीँ नै हुनुपर्छ त भनिनँ । किनभने त्यसको संविधानले नै व्यवस्था गरेको छ । संविधानले राजधानी कहाँ बनाउने, कसरी बनाउने भन्ने कुराको व्यवस्था गरिसक्या छ । प्रदेशसभाको दुईतिहाई सदस्यको बहुमतले जहाँ भन्छ, त्यहीँ बनाउने भन्या हुनाले बाटो त त्यही हो, त्यहाँ जानुपर्छ । म जाने हो । तर, त्यसमा सकेसम्म अझ एकमना, एकरुपता सबैको भयो भने भोलि राजधानी जहाँ भए पनि सबैले सहज ढंगले स्वीकार गर्ने वातावरण बनोस् भन्नेमात्र मेरो चाहना हो । यसले गर्दा केही ढीला भएको हो ।

अब नामको विषयमा राजधानी नबनिकन नाममात्रै भन्दाखेरि पनि खासै त्यति ठूलो औचित्य नहुने र तपाईहरुको पनि चित्त बुझ्दैन । नाममात्रै निर्णय र्गयो, राजधानी के भन्ने हुन्छ । त्ससो भएको हुनाले दुईवटा कुरो एकै दिन हुन्छ । जहिले भए पनि, दुई दिन हामी लगाउँदैनौं । एक्कै दिन, एउटै प्रस्तावमा नाम र राजधानी हुन्छ । र, यहाँ मेरो कुनै इन्ट्रेष्ट छैन । तर, सैद्धान्तिक हिसाबमा मात्रै मैले कुरा गरेको हो ।

मेरो व्यक्तिगत इन्ट्रेष्टका आधारमा राजधानी रोकिएको हैन । हामी यसलाई अगाडि बढाउँछौं । अगाडि जान्छ र तपाईहरु सबैले केही दिनभित्र अब राजधानीको नाम र स्थायी राजधानीको ठाउँ पनि सुन्न पाउनुहुनेछ ।
 

द नेपालटप

द नेपालटप

images
images
images
सम्बन्धित समाचार

नेपालले अब द्रुत गतिमा आर्थिक विकास गर्छ : प्रधानमन्त्री ओली

नेपालले अब द्रुत गतिमा आर्थिक विकास गर्छ : प्रधानमन्त्री ओली

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले अब द्रुत गतिमा आर्थिक विकास गर्ने बताएका छन्। एसिया प्रशान्त..

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भने, ‘जम्मू–कश्मीर विवादलाई नजिकबाट नियालिरहेका छौं’  

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भने, ‘जम्मू–कश्मीर विवादलाई नजिकबाट नियालिरहेका छौं’  

काठमाडौं : परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जम्मू–कश्मीर विवादबारे नेपालले नजिकबाट नियालिरहेको   ब..

जनकपुर पुगेर प्रचण्डले भने, ‘पाँच वर्षसम्म सरकारलाई कसैले हल्लाउन सक्दैन’

जनकपुर पुगेर प्रचण्डले भने, ‘पाँच वर्षसम्म सरकारलाई कसैले हल्लाउन सक्दैन’

जनकपुरधाम : संघीय सरकारका सत्ताधारी दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड..

सरकारमा बस्ने कि बाहिरिने दुविधामा उपेन्द्र यादव

सरकारमा बस्ने कि बाहिरिने दुविधामा उपेन्द्र यादव

काठमाडौं : समाजवादी पार्टीभित्र सरकार छाड्ने मुद्दाका कारण नेतृत्वले दबाब महसुस गर्न थालेको छ । सरकारमा उपप्रधानमन्..

भारतीय विदेशमन्त्री डा. जयशंकर नेपाल आउँदै, दुई पक्षीय सम्बन्धको समीक्षा हुने

भारतीय विदेशमन्त्री डा. जयशंकर नेपाल आउँदै, दुई पक्षीय सम्बन्धको समीक्षा हुने

काठमाडौं : नेपाल भारतको संयुक्त कमिसनको पाँचौं बैठकमा सहभागी हुन भारतीय विदेशमन्त्री डा. सुब्रह्मण्डम जयशंकर नेपाल..

भुसालको चेतावनीपछि प्रमुखबाट नाम काटियो

भुसालको चेतावनीपछि प्रमुखबाट नाम काटियो

काठमाडौं : पार्टी स्कुल विभाग प्रमुख दाबी गर्दै आएका डा। बेदुराम भुसालले सुरक्षा विभाग प्रमुख बन्न अस्वीकार गर..