अमेरिकी सिनेटद्वारा बन्दुक नियन्त्रण विधेयक पारित



एजेन्सी । अमेरिकी सिनेटले बन्दुक नियन्त्रणसम्बन्धि विधेयक पारित गरेको छ । बन्दुक नियन्त्रणसम्बन्धि यो झण्डै ३० वर्षयताकै सबैभन्दा महत्त्वपूर्ण कानुन भएको बीबीसीले जनाएको छ ।

कग्रेसको माथिल्लो सदनमा १५ जना रिपब्लिकनहरू डेमोक्र्याटलाई साथ दिएपछि विधेयक पारित भएको हो । ६५ मध्ये ३३ जनाले विधेयक अनुमोदनको पक्षमा उभिएका थिए । गत निर्णय महिना न्युयोर्क र टेक्ससमा ३१ जनाको ज्यान जानेगरी भएको सामूहिक गोलीकाण्डपछि आएको हो ।

तर अब यो विधेयक प्रतिनिधि सभाबाट पारित हुनुपर्नेछ । प्रतिनिधि सभाबाट पारित भएपछि राष्ट्रपति जो बाइडनले कानुनमा हस्ताक्षर गर्नेछन् ।मतदान पछि जारी एक विज्ञप्तिमा राष्ट्रपति बाइडनले सदनका सदस्यहरूलाई विधेयकमा तुरुन्त मतदान गर्न र हस्ताक्षरका लागि डेस्कमा पठाउन आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्